मन्त्रिपरिषद् बैठक बस्दै, तोकिएला निर्वाचनको मिति ?

लोकपथ
203
Shares

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज (सोमबार) दिँउसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

आजको बैठकमा स्थानीय तहको निर्वाचनका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि नै निर्वाचन आयोगले आगामी जेठ ४ गतेका लागि स्थानीय तहको निर्वाचनका सिफारिस सरकार समक्ष गरेको छ । आजको बैठकले स्थानीय तहको मितिलाई अन्तिम रुप दिनसक्ने स्रोतको दाबी रहेको छ ।

आइतबार प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र सत्ता पक्षका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका छन् । आइतबारको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सहित स्थानीय तहको निर्वाचनको सन्दर्भमा समेत छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?