लिभरपुल पाँचौँ चरणमा, लेस्टर बाहिरियो

लोकपथ
42
Shares

इंग्लिस क्लब लिभरपुल एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेकाे छ । याेसँगै लेस्टर सिटी बाहिरिएको छ ।

आइतबार भएको खेलमा कार्डिफ सिटीलाई ३-१ अन्तरले हराउँदै लिभरपुल पाँचौं चरणमा स्थान बनाएकाे हाे । लिभरपुलको जितमा डिएगो जोटा, ताकुमी मिनामिनो र हार्भे इलिओटले १-१ गोल गरे ।

कार्डिफका रुबिन कोलविलले सान्त्वना गोल गरे । अर्को खेलमा लेस्टर सिटी नटिंगघम फरेस्टसँग ४-१ अन्तरले पराजित हुँदै बाहिरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?