युभेन्ट्सको १३औँ जित

लोकपथ
21
Shares

इटालीयन सिरि ए मा युभेन्ट्सले आइतबार राति हेलास भेरोनालाई २-० ले पराजित गरेको छ । जारी लिगमा १३औं जित निकाल्ने क्रममा युभेन्ट्सको लागि डुसान भिलाहोभिक र डेनिस जाकारियाले १-१ गोल गरे ।

जितपछि युभेन्ट्स २४ खेलबाट ४५ अंकसहित चौथो स्थानमा छ । समान खेलबाट ३३ अंकसहित भेरोना नवौं स्थानमा छ ।

सिरी ए मा २३ खेलमा ५३ अंकसहित इन्टर मिलन शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?