हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सोमबार बिहान देशको पहाडी भूभागमा आंशिक देखि समान्य बदली रहेको जनाएको छ ।
दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । यस्तै प्रदेश नं १ को पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षा को सम्भावना देखिएको पनि महाशाखाले जनाएको छ ।
यस्तै राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा मौसम आंशिक बदली रहनेछ।
यस्तै प्रदेश नं १ को पहाडी भूभागको एक वा दूई स्थानमा हल्का वर्षा को सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया