कर्णालीको सार्वजनिक लेखा समिति अध्यक्षमा शाही निर्विरोध निर्वाचित

लोकपथ
0
Shares

कर्णाली प्रदेशसभाअन्तर्गत सार्वजनिक लेखा समितिको अध्यक्षमा नेकपा (एमाले) का सदस्य करवीर शाही निर्विरोध निर्वाचित भएका छन् । लामो समयदेखि रिक्त रहेको समितिको अध्यक्ष पदमा एमाले प्रदेशसभा सदस्य शाही आज निर्विरोध निर्वाचित भएका हुन् ।

प्रदेशसभाको आज बसेको नवौँ अधिवेशनको पाँचौँ बैठकमा सभामुख राजबहादुर शाहीले समितिको अध्यक्षमा शाही निर्वाचित भएको घोषणा गरेका हुन् । समितिको सदस्य रहनुभएका सदस्य शाहीलाई सार्वजनिक लेखा समितिको अध्यक्ष नियुक्त गर्न एमाले संसदीय दलले प्रदेशसभा सचिवालयसमक्ष सिफारिस गरेको थियो ।

प्रदेशसभामा यो समितिको नेतृत्व प्रमुख विपक्षी दललाई दिने प्रचलन छ । यसअघि नेपाली काङ्गे्रसका प्रदेशसभा सदस्य दीनबन्धु श्रेष्ठले उक्त समितिको नेतृत्व गरेका थिए । श्रेष्ठ मन्त्री नियुक्त भएदेखि लेखा समिति नेतृत्वविहीन थियो । कर्णाली प्रदेशसभामा चार वटा विषयगत समिति छन् ।

बैठकमा विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरु दल रावल, गुलाबजङ्ग शाह, मिनासिं रखाल, खड्कबहादुर खत्री, अमृता शाही र पदम रोकायाले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?