काठमाडौं उपत्यकामा आज रातिदेखि जोरबिजोर हटाउने निर्णय भएको छ। यस्तै फागुन १ देखि विद्यालय पनि खुल्ने भएको छ । १२ वर्षभन्दा कम उमेरका विद्यार्थीलाई भने आलोपालो प्रणालीमा पढाउनुपर्नेछ ।
काठमाडौं उपत्यकामा प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले आज राति १२ बजेदेखि नै ट्याक्सी र निजी सवारीसाधनलगायतका यातायातका साधनमा लागू जोरबिजोर हटाउने निर्णय भएको हो ।
आइतबार नै बसेको सीसीएमसीसीको बैठकले कोरोनाको जोखिम कम भएको भन्दै जारी स्मार्ट लकडाउन थप खुकुलो बनाउन सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया