आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
49
Shares

१. प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, एमसीसी र स्थानीय तहको निर्वाचनको मिति तोक्नेबारे छलफल ।

२. भोलिदेखि यातायातमा लगाइएको जोरबिजोर प्रणाली हटाउन सीसीएमसीको सिफारिस, फागुन १ गतेदेखि भौतिक रुपमै विद्यालय खुल्ने

३. प्रदेश १ मा मुख्यमन्त्री राजेन्द्र राईले गरे मन्त्रिपरिषद विस्तार, ५ सदस्यीय मन्त्रिमण्डललाई बढाएर १४ सदस्यीय बनाइयो, नवनियुक्त मन्त्रीहरुले आजै लिए पद तथा गोपनीयताको शपथ ।

४. श्रममन्त्री कृष्णकुमार श्रेष्ठद्वारा वैदेशिक रोजगार विभागको कार्यालयमा अनुगमन, वैदेशिक रोजगार पीडित व्यक्तिहरुको गुनासोलाई समयमै सम्बोधन गर्न विभागलाई निर्देशन ।

५. प्रधानमन्त्रीले एमसीसी संसदबाट अनुमोदन गर्न लिखित प्रतिबद्धता जनाएको विषयमा पार्टीमा गम्भीर छलफल गरिने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको भनाइ, पार्टीको बैठकमा छलफल गरेपछि मात्रै उक्त विषय अघि बढ्ने प्रतिक्रिया ।

६. योगदान, क्षमता र दक्षताका आधारमा उम्मेदवार चयन गर्नुपर्ने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाइ, चुनाव लड्नका लागि नभई जित्नका लागि हुनुपर्ने भन्दै पार्टीभित्रको विद्यमान अवस्था दृष्टिगत गरी अघि बढ्नुपर्नेमा जोड ।

७. पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि, ८ हजार ७०४ जना संक्रमणमुक्त, ११ जना संक्रमितको मृत्यु ।

८. एमसीसी यथास्थितिमा संसदबाट अनुमोदन नगर्ने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको भनाइ, एमसीसीका बारेमा पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आग्रह ।

९. शिक्षा क्षेत्रको सुधारका लागि ५५ बुँदे योजना बनाएर कार्यान्वयनमा ल्याइएको शिक्षामन्त्री देवेन्द्र पौडेलको भनाइ, १८ हजार शिक्षकको दरबन्दी खुलाउने तयारी ।

१०. राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र कमल थापाबीच भेटवार्ता, पार्टीभित्र देखिएको विवादका विषयमा छलफल, निर्मल निवासको हस्तक्षेपबारे छलफल गर्ने प्रतिबद्धता ।

११. सेयर बजारमा ४० दशमलव ५७ अंकको गिरावट, पाँच अर्ब ८० करोडको कारोबार, १३ वटै उपसमूह राताम्य ।

१२. प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन, कोरोना संक्रमित भएर उनी २९ दिनअघि अस्पतालमा भर्ना भएकी थिइन् ।

१३. दक्षिण कोरियाको ‘आत्मान’ कम्पनीले ल्यायो खाना खाने बेलामा खोल्न नपर्ने मास्क, प्रयोगलाई सजिलो बनाउन ल्याइएको मास्कको १० वटा प्याकको बजार मुल्य ९ सय ७५ रूपैंया पर्ने ।

१४. इंग्ल्यान्डलाई हराउँदै आईसीसी यू–१९ विश्वकप क्रिकेटको उपाधि भारतले हात पार्यो, विजेता टोलीका खेलाडीहरुले जनही ४० लाख भारु पाउने ।

१५. र, अफ्रिका कप अफ नेसन्सको फाइनल खेलमा आज इजिप्ट र सेनेगल भिड्दै, दुवै टोली एक अर्कालाई हराएर उपाधि हात पार्ने दाउमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?