पछिल्लो २४ घण्टामा देशभर थप १३८६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

लोकपथ
312
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २५१ जनामा गरिएको नमूना परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् ।

सो अवधिमा थप ११ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ८ सय १४ जनाले ज्यान गुमाएका छन् ।

बितेको २४ घण्टामा ८ हजार ७ सय ४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ४५ हजार २ सय ४८ जना रहेका छन् ।

२४ घण्टाको अवधिमा देशभर ७ लाख ९९ हजार ५९ जनाले कोभिड(१९ विरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?