एनआईसी एसियाको सर्वश्रेष्ठ बचत खाता : ग्राहकलाई ८४ लाखसम्मको बीमा तथा ग्राहक सेवा निःशुल्क

लोकपथ
117
Shares

काठमाडौं । एनआईसी एसिया बैंकले सर्वश्रेष्ठ बचत खातामा ८४ लाख रुपैयाँसम्मको बीमा सुविधा दिने भएको छ । कम्पनीले पाँच वर्षसम्मको अवधिको लागि सो बराबरको बीमा सुविधा उपलब्ध गराउने भएको हो ।

बैंकले २०७८ कार्तिक १ देखि ल्याएको सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू, तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाईदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाईदाहरू भएको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनाहरू सार्वजनिक गरेको थियो ।

बैंकले यस अघि लिएर आएको सर्वश्रेष्ठ बचत खाताहरूमा पाइने फाईदाहरूलाई व्यापक रुपमा थप वृद्धि गर्दै १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिको लागि प्रदान गर्दै बचत खातामै ८४ लाखसम्मको सर्वश्रेष्ठ बीमा फाईदा प्रदान गर्ने व्यवस्था गरेको हो ।

साथै, सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरुले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाईदाहरूका साथसाथै यस बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाईदाहरूलाई पाँच वर्षको अवधीसम्म उपलब्ध गराएको छ ।

जसलाई निम्नानुसार तालिकामा देखाइएको छ :

उपरोक्तानुसारको सबै थप सुविधा/फाईदाहरू यस अघि सर्वश्रेष्ठ खाताहरू खोली सकेका ग्राहकहरूले समेत कुनै अतिरिक्त शुल्क बिना स्वतः पाउन सक्नेछन् ।

बैंकले ल्याएको यस सर्वश्रेष्ठ बचत खाताहरूमा उपलब्ध फाईदा सम्बन्धी विस्तृत जानकारीको लागि यस बैंकको नजिकको शाखा कार्यालय वा मोबाइलको मेसेज बक्समा SB टाइप गरी ३४८८ मा एसएमएस पठाउन बैंकले अनुरोध गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?