सिटिजन लाइफ इन्स्योरेन्सको ‘आइओएस’ एप अब थप सुविधासहित

लोकपथ
3.7k
Shares

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै “डिजिटल सिटिजन”अभियान अन्तर्गत सिटिजन लाइफ इन्स्योरेन्सको IOS एप थप सुविधासहित अपग्रेड गरी एपस्टोरमा उपलब्ध गरेको छ । आफ्ना ग्राहक र अभिकर्ताहरुलाई डिजिटल सेवा उपलब्ध गराउन यस एपले थप सहयोग गर्ने कम्पनीको विश्वास छ ।

सिटिजन लाइफ इन्स्योरेन्स एपमार्फत ग्राहकले कम्पनीको विस्तृत विवरण, सिटिजन लाइफमा रहेकासम्पुर्ण बीमा योजनाहरुको विस्तृत जानकारी, नेपालभरी रहेका सम्पुर्ण शाखा कार्यालयहरुको बारेमा जानकारी साथै यसमा रहेको मिडिया सेन्टरबाट कम्पनीका हालसालैका विभिन्न गतिबिधिहरुको जानकारी पनि लिन सक्नेछन् ।

इच्छुक ग्राहकहरुले यस एपमा रहेको प्रिमियम क्याल्कुलेटरको प्रयोग गरी आफ्नो विवरण भरेर आफुले इछ्याएको बीमा योजनाको बीमा शुल्क आफ्नो आवश्यकता अनुसारको बीमाङ्क रकम र बीमाको समय अवधिअनुसार आफै निकाल्न सक्नेछन् ।

कम्पनीको अभिकर्ता बन्न ईच्छुक व्यक्तिहरुले पनि यस एपबाट आवेदन दिन सक्नेछन् । साथै कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गरी घरमै बसेर बीमा शुल्क तिर्न सकिने व्यवस्थाको लागि यस एपमा e-Sewa, Fonepay, Connect IPS लगायतका डिजिटल बैकिङ्ग सुविधामार्फत अनलाईन भुक्तानीको व्यवस्था समेत मिलाएको छ ।

यस एपमा लगईन गरेर बीमितले आफ्नो बीमा योजना, कुल बीमाङ्क रकम, आफुले अहिले सम्मतिरेको बीमा शुल्कको विवरण साथै भविष्यमा कहिले र कति नवीकरण शुल्क तिर्नपर्छ भन्ने कुराको सम्पूर्ण जानकारी लिन सक्नेछन् । यसका साथै, अभिकर्ताले पनि यस एपमा लग ईन गरेर जीवन बीमा व्यवसाय तथा आफ्नो सम्पुर्ण कारोबारको जानकारी र ग्रहकहरुको जानकारी पनि प्राप्त गर्न सक्नेछन् ।

सिटिजन लाइफ इन्स्योरेन्सको “डिजिटल सिटिजन”अभियान अन्तर्गत अनलाईनमार्फत बीमा प्रस्तावदाखिला गर्ने सफ्टवेयरप्रणाली पनि विगत वर्षहरु देखीर हालसालै अनलाईन बीमा दाबी सेवा सञ्चालनमा रहेको छ । कम्पनीले विभिन्न तालिमहरु डिजिटल माध्यमबाट संचालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?