काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न आज बालुवाटार जाने भएका छ । प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलोपटक आज बालुवाटार जान लागेका हुन् ।
प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बालुवाटारमा भेटवार्ता हुन लागेको हो ।
प्रधानमन्त्री देउवालाई भेट्न ओली आइतबार दिउँसो ४ बजे बालुवाटार जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा स्थानीय तहको निर्वाचन र एमसीसीको बारेमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया