काठमाडौं । प्रदेश १ मा मन्त्रिमण्डल विस्तार भएको छ । मुख्यमन्त्री राजेन्द्र राईले आज मन्त्रिमण्डल विस्तार गरेका हुन् । मुख्यमन्त्री राईले ५ सदस्यीय मन्त्रिमण्डललाई विस्तार गरेर १४ सदस्यीय बनाएका हुन् ।
रामकुमार राई, राजन राई, खिनु लिम्बु, झलकबहादुर मगर, शेखरचन्द्र थापा, ओम प्रकाश सरावागी, प्रतापप्रकाश हाङगाम, उपेन्द्रप्रसाद घिमिरे मन्त्री नियुक्त भएका छन् भने विष्णु तुम्बाहम्फे राज्यमन्त्री बनेका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रामकुमार राई खानेपानी तथा सिंचाई तथा ऊर्जा, राजन राई सामाजिक विकास, खिनु लिम्बु पर्यटन तथा संस्कृति, झलकबहादुर मगर कृषि, शेखरचन्द्र थापा बन, वातावरण तथा भू-संरक्षण, ओमप्रकाश सरवागी उद्योग, श्रम तथा रोजगार, प्रताम प्रकाश हाङगाम भूमि व्यवस्था र उपेन्द्रप्रसाद घिमिरे यातायात व्यवस्था तथा सञ्चारमन्त्रीमा नियुक्त गरेको हो । यस्तै राज्यमन्त्री बनेका विष्णु तुम्वाहाम्फेले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया