बाजुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

लोकपथ
104
Shares

काठमाडौं । साँफे–मार्तडी सडकखण्ड अन्र्तगत बाजुराको बुढीगंगा नगरपालिका–६ मा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा सवार अछामको साँफेबगर घर भएका ३८ बर्षीय बल सुनार रहेका छन् । उपचारको क्रममा अछाम स्थित बयलपाटा अस्पतालमा उनको राती पौने २ बजे मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका बाजुराकै त्रिवेणी नगरपालिका–४ का ३६ बर्षीय गगन साँउदको सोही अस्पतालमा उपचार भइरहेको छ ।

फालासैनबाट बाक्का तर्फ जादै गरेको सुदुर पश्चिम प्रदेश ०१–००८प ४०५० नम्बरको मोटरसाइकल गएराती पौने १२ बजे दुर्घटना भएको प्रहरी चौकी बार्जुगाडले जनाएको छ । मोटरसाइकल चालक को हुन् भन्ने खुल्न बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?