नुवाकोटमा खाल्डोमा डुबेर बालिकाको मृत्यु

लोकपथ
56
Shares

नुवाकोट । इँटा बनाउन खनेको खाल्डोमा परी बालिकाको मृत्यु भएको छ ।

सर्लाही बरथहवा नगरपालिका १५ स्थायी घर भई विदुर नगरपालिका ६ बस्ने रतन महराकी चार वर्षीया छोरी कृतिको शनिबार ज्यान गएको हो ।

विदुर नगरपालिका(६ बुनीबेंसीस्थित जालपाभैरवी इँटा उद्योगको इँटा बनाउन खटिएको खाल्डोमा परेर बालिकाको ज्यान गएको हो । उनका बुवा रतन सोही इँटा उद्योगमा कार्यरत थिए ।

खाल्डोमा जमेको पानीमा डुबेकी बालिकाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?