१. कर्णाली प्रदेशमा तीन महिनापछि भोलि मन्त्रीपरिषद् विस्तार हुँदै, गैरसंसादलाई समेत मन्त्री बनाइँदै, माओवादी सांसदको विरोध ।
२. पछिल्लो २४ घण्टामा देशभर १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि, ४ हजार ७७१ जना संक्रमणमुक्त, ९ जनाको मृत्यु ।
३. हिमपात र हावाहुरीका कारण समस्यामा परेकालाई तत्काल राहत उपलब्ध गराउन गृहमन्त्री बालकृष्ण खाँणको सक्रियता, विभिन्न जिल्लाका प्रमुखहरुसँग हिमपातको असरबारे जानकारी लिँदै, प्रभावितको व्यवस्थापनमा जुट्न निर्देशन ।
४. नेकपा एमालेले मधेस प्रदेशका तीन जिल्लामा अधिवेशनको मिति तोक्यो, सर्लाही, धनुषा र महोत्तरीको अधिवेशन फागुन ७ देखि १२ गतेसम्म हुने ।
५. सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको निर्देशन, मुलुकका सबै स्थानीय तहमा जतिसक्दो चाँडो तीव्रगतिको इन्टरनेट सेवा पुर्याउनुपर्नेमा जोड ।
६. खोप कार्ड नभएकाहरुलाई सार्वजनिक सेवा नदिने नीतिबारे सरकारको स्पष्टीकरण, सबै नागरिकलाई खोपको दायरामा ल्याउनका लागि खोप कार्ड अनिवार्य गरिएको स्वास्थ्य मन्त्रालयको प्रस्टोक्ति ।
७. एमालेलाई समाप्त पार्ने विषाक्त विचार बोकेर गठबन्धन निर्माण भएको महासचिव ईश्वर पोखरेलको भनाइ, गठबन्धनले आर्थिक विकास र समृद्धिका एजेन्डालाई वेवास्ता गरेको आरोप ।
८. निर्वाचन आयोगद्वारा स्थानीय चुनावको मतपत्र डिजाइनका लागि दरखास्त आह्वान, काम गर्न चाहने इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको ५ दिनभित्र आवेदन दिन सक्ने ।
९. जयनगर–कुर्था रेलमार्ग आउँदो फागुन १ गतेदेखि सञ्चालनमा आउने, औपचारिक उद्घाटन नभएसम्म फागुनदेखि दैनिक एकपटक रेल चलाउने तयारी ।
१०. किसानका समस्या समाधानका गर्न मधेश प्रदेश सरकारद्वारा उच्च स्तरीय समिति गठन, समितिले किसानको समस्याहरु पहिचान तथा समाधान गर्न पहल । गर्ने
११. ७० प्रतिशत जनसंख्यालाई खोप लगाएकोमा नेपाललाई अमेरिकाले दियो बधाई, महामारीविरुद्ध नेपाललाई उपलब्ध गराउँदै आएको सहायता निरन्तर हुने प्रतिबद्धता ।
१२. नेदरल्यान्डमा एचआईभीको सुपर स्ट्रेन फेला, भीबी नाम दिइएको उक्त भेरिएन्टले बिरामीलाई छिट्टै एड्सको चरणमा पुर्याउने ।
१३. पेरुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा सात जनाको मृत्यु, दुर्घटनाको कारणबारे अनुसन्धान हुँदै ।
१४. बेइजिङ विन्टर ओलम्पिकको पहिलो स्वर्ण नर्वेले हात पार्यो, नेदरल्यान्ड र नर्वे पदक तालिकाको शीर्षस्थानमा ।
१५. र आईसीसी यू–१९ विश्वकपको फाइनल खेलमा आज भारत र इंग्ल्यान्ड भिड्दै, २४ वर्षपछि उपाधि जित्ने दाउमा इंग्ल्यान्ड ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया