कोरोना अपडेट : शनिबार थप १७१४ जनामा संक्रमण पुष्टि

लोकपथ
210
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५१३ जनामा गरिएको नमूना परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् ।

सो अवधिमा थप ९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ८ सय ३ जनाले ज्यान गुमाएका छन् ।

बितेको २४ घण्टामा ४ हजार ७ सय ७१ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५२ हजार ७ सय ८० जना रहेका छन् ।

२४ घण्टाको अवधिमा देशभर ५ लाख ८८ हजार ४४० जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?