तुलसीपुर–गएराती पश्चिम दाङमा जुवाको खालबाट वडा अध्यक्ष सहित ९ जना पक्राउ परेका छन् ।

दाङको शान्तिनगर गाउँपालिका वडा नं २ का वडा अध्यक्ष फर्साराम डागी, वडा सदस्य रत्नबहादुर विष्ट, गोविन्द बस्नेत, मिन बहादुर खड्का, विर बहादुर विष्ट, राम चौधरी,रत्न बहादुर विष्ट, कर्ण बहादुर परियार र डिल्ली बहादुर वली रहेको प्रहरीले जनाएको छ । उनिहरुको साथबाट १६ वटा कौडा र ४१ हजार २ सय ७० रुपैया बरामद गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपि राजेन्द्र प्रसाद अर्यालले जानकारी दिनुभएको छ । पक्राउ परेका लाई जुवा ऐन अनुसार कारवाही गरीने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?