प्युठानमा जन्ती बोकेको बस दुर्घटना, ८ को मृत्यु

लोकपथ
56
Shares

प्युठानमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ६ जनाको घटनास्थल र २ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

नौबहिनी गाउँपालिकाको लुङबाट दुलही लिएर गौमुखि गाउँपालिकाको लिवाङ जाँदै ग १ ज ५०९२ नम्बर को जिप स्थानीय ओखरपाटा भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा अरु घाइते ५ जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकहरूको सनाखत हुन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?