काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७३ जनामा गरिएको नमूना परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् ।
सो अवधिमा थप १६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ७ सय ९४ जनाले ज्यान गुमाएका छन् ।
बितेको २४ घण्टामा ८ हजार ४ सय २५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५६ हजार ४ सय ५७ जना रहेका छन् ।
२४ घण्टाको अवधिमा देशभर ५ लाख १३ हजार ५१ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया