घट्यो सुनको मूल्य : कतिमा हुँदैछ कारोबार ?

लोकपथ
1.1k
Shares

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घढेर ९२ हजार ५०० रुपैयाँमा आएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ । जसको मूल्य बिहीबार प्रतितोला ९२ हजार २०० रुपैयाँ तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०६ डलर आसपास कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?