मोरङ हत्या प्रकरण : हत्या आरोपमा पक्राउ परेका ३ जना सार्वजनिक

लोकपथ
2k
Shares

काठमाडौं । मोरङ हत्या प्रकरणका ३ आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । मोरङको धानपालथान–७ स्थित उखुबारीको खाल्डोमा भेटिएका दुईजना र ललितपुरको धापाखेलमा एकजनालाई हत्या गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरेर अरोपीहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा मोरङ जहदा गाउँपालिका–४ घर भएका २९ वर्षीय दीनानाथ सोनार उर्फ अमित साह, सिराहा घर ३१ वर्षीय अनिल कुमार मण्डल र मोरङ धनपालथान गाउँपालिका–७ घर भएका ६२ वर्षीय नासिर आलम छन् ।

घटनाका मुख्य योजनाकार अनिल रहेको अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?