रियल मड्रिडलाई पराजित गर्दै बिल्वाओ सेमिफाइनलमा

लोकपथ
77
Shares

काठमाडौं । एलेक्स बेरेनगुयरले ८९औं मिनेटमा गरेको गोल निर्णायक बन्दा रियल मड्रिडलाई पराजित गर्दै एथ्लेटिको बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा बैकल्पिक खेलाडी एलेक्सले गोल गर्दा स्पेनिस ला लिगा लिडर रियल प्रतियोगिताबाट बाहिरियो । यस अघि बिल्वाओले अर्को ला लिगा क्लब बार्सिलोनालाई पराजित गर्दै क्वाटरफाइनल पुगेको थियो ।

अब, फाइनल प्रवेशका लागि बिल्वाओले भ्यालेन्सियाको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?