१. प्रधानमन्त्री शेरबहादुर देउवासँग लोसपा अध्यक्ष महन्थ ठाकुरले गरे एमसीसीका सम्बन्धमा छलफल, प्रमुख विपक्षी दल एमाले ‘पर्ख र हेर’ को स्थितिमा, गठबन्धनभित्र भने अन्यौलता ।
२. कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए एमालेले सहयोग गर्ने सचिव टोपबहादुर रायमाझीको भनाइ, गठबन्धनले चुनाव हार्ने डरले निर्वाचनको मिति सार्न खोजिरहेको आरोप ।
३. पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय ७५ जना कोरोना संक्रमण पुष्टि, ८ हजार ७ सय २३ जना संक्रमणमुक्त, १४ जनाको मृत्यु ।
४. नेपालमा १८ वर्ष माथिका ७० प्रतिशत मानिसले लगाए कोरोनाविरुद्धको पूर्ण खोप, ठूलो उपलब्धि हासिल गरेको भन्दै विश्व स्वास्थ्य संगठनले दियो बधाई ।
५. कोरोनाका कारण स्थगित लोक सेवाका परीक्षाहरु फागुन ६ देखि सुरु हुने, उपसचिव वा सोसरहका विभिन्न सेवाका ७८ पदका परीक्षा सञ्चालन गर्ने आयोगको निर्णय ।
६. राष्ट्रिय खेलकुद परिषद्को ज्ञापनपत्र खेलकुदमन्त्री महेश्वर जंग गहतराजद्वारा अस्वीकार, सचिवालयमा ज्ञापनपत्र दर्ता, तत्काल राष्ट्रिय खेलकुद परिषद्को बैठक बोलाउन माग ।
७. हिंसा बढाउने र सामाजिक सद्भावमा खलल पु¥याउने अभिव्यक्ति नदिन यातायातमन्त्री रेणुकुमारी यादवलाई मानवअधिकार आयोगको निर्देशन, मन्त्री यादवले दिएको अभिव्यक्तिप्रति आयोगको गम्भीर ध्यानाकर्षण ।
८. बीमा समितिद्वारा जोखिममा आधारित पुँजी तथा सोल्भेन्सी सम्बन्धी निर्देशिका–२०७८ जारी, बीमा कम्पनीहरुले चार वर्षभित्र अनिवार्य जोखिममा आधारित पुँजी कायम गर्नुपर्ने ।
९. ठूलो रकमको कारोबार गर्नेमाथि राष्ट्र बैंकको निगरानी, गैरकानूनी डिजिटल कारोबार गर्नेहरु बढेसँगै बैंकहरुसँग माग्यो ७ लाखभन्दा बढी कारोबारको विवरण ।
१०. सेयर बजारमा १४ दशमलव ४८ अंकको गिरावट, ८ अर्ब ६१ करोडको कारोबार, विन नेपाल लघुवित्तको सेयर मूल्यमा लगातार ११औँ दिन सकारात्मक सर्किट ।
११. देशमा औद्योगिक वातावरण बनेसँगै उद्योग दर्ता गर्नेको संख्या बढ्यो, गत वर्षको तुलनामा यो वर्ष तीन गुणा बढी ठूला र मझौला उद्योग दर्ता, ३० अर्ब ५६ करोडको विदेशी लगानी भित्रियो ।
१२. कोरोनाविरुद्धको खोप नलगाउने सेनालाई पदबाट बर्खास्त गर्ने अमेरिकी थल सेनाको निर्णय, नियम लागू भएपछि ३ हजारभन्दा बढी सेनाले जागिर गुमाउने ।
१३. युक्रेन सीमा विवाद थप जटिल बन्दै, अमेरिकाले पोल्यान्ड र जर्मनीमा दुई हजार सेना पठाउने ।
१४. ’अफ्रिका कप अफ नेसन्स’ अन्तर्गतको सेमिफाइनल खेलमा आज इजिट र क्यामरुनबीच प्रतिष्पर्धा हुँदै, पछिल्लो ४ हजारको बदला तिर्दै फाइनल प्रवेश गर्ने लक्ष्यमा क्यामरुन ।
१५. र ’कोपा डेल रे’ अन्तर्गतको क्वाटरफाइनल खेलमा रियल मड्रीड र एथलेटिक कल्व भिड्दै, दुवै टिम एक अर्कालाई हरेर सेमिफाइनल पुग्ने दाउमा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया