काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहिबार देशभर गरिएको १२ हजार ६ सय ५ परीक्षणमा थप ३ हजार १ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ८ हजार ७ सय २३ जना संक्रमणमुक्त भएका छन् । नेपाल हालसम्म ८ लाख ८७ हजार ४ सय ४३ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ९२.२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण थप १४ जनाले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण का कारण ज्यान गुमाउनेको संख्या ११ हजार ७ सय ७८पुगेको छ ।
हाल देशभर ६३ हजार २ सय ९६ जना सक्रिय संक्रमित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया