आज मन्त्रिपरिषद्को नियमित बैठक : तय होला निर्वाचनको मिति ?

लोकपथ
1.1k
Shares

काठमाडौं । आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ ।

आजको बैठक मन्त्रालयगत नियमित कार्यसूचीसहित स्थानीय निर्वाचनको अन्तिम मिति तय गर्नुपर्नेछ ।

स्थानीय तहको निर्वाचनसम्बन्धी निर्वाचन आयोग र गृहमन्त्रालयबाट आएको प्रस्तावलाई अन्तिम रुप दिनुपर्ने हुन्छ ।

सोमबार निर्वाचन आयोगले २०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव सरकारसमक्ष पेस गरेको छ । उक्त प्रस्तावलाई गृहमन्त्रालयले छलफलपछि आजको मन्त्रिपरिषद् बैठकमा लैजानुपर्ने प्रावधान रहेको छ । त्यसो त निर्वाचन आयोगको प्रस्तावपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तय गर्ने बताएका थिए । सोही अनुसार आजको बैठकमा निर्वाचनको मिति तोकिन सक्ने बालुवाटार स्रोतले जानकारी दिएको छ ।

हरेक हप्ताको सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?