लक्ष्मी बैंकको ‘ब्राण्डफिल्म’ निर्माणका लागि रचनात्मक क्राउड सोर्सिङ ‘प्रो भर्सन’ प्रतियोगिता

लोकपथ
78
Shares

काठमाडौं । लक्ष्मी बैंकले आउँदो २०औँ वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको ब्राण्ड फिल्म निर्माणका लागि अनुभवी निर्माता तथा एजेन्सिहरुका लागि क्राउड सोर्सिङ प्रतियोगिताको घोषणा गरेको छ । सो प्रतियोगिताको विजेताले लक्ष्मी बैंकको ब्राण्ड फिल्म निर्माण गर्नका लागि रु. २० लाखको कन्ट्रयाक्ट हात पार्नेछन्।

यो प्रतियोगिता लक्ष्मी बैंकको ५ मूल मान्यताहरुमा आधारित रहेको छ – #Relationships, #Explorers, #Teamwork, #Responsible, #Progressive –जसको आधारमा बैंकले २० वर्षको गरिमामय यात्रा तय गर्न सफल भएको छ ।

सबै प्रतियोगी इन्ट्रीहरूलाई एक्स्पर्ट प्यानलद्वारा प्राविधिक र रचनात्मक दुवै पक्षहरूलाई मध्यनजर गर्दै जज गरिनेछ ।

यस विषयमा थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्: https://www.laxmibank.com/brand-film-contest/ सो प्रतियोगिता लक्ष्मी बैंकको Crowdsouring मा आधारित तेस्रो प्रतियोगिता हो ।

यसअघि बैंकले २०१८ मा ‘My Card Ideas’ र २०२० मा ‘My Mobile Money’ Video Contest मा उत्साहजनक सफलता पाइसकेको छ । बैंकले यस्तै
अभियानहरुद्वारा ग्राहकहरुलाई आफ्ना रचनात्मक प्रतिभालाई कृयाशील बनाई बैंकको विविध अभियानहरुमा संलग्न हुने अवसर प्रदान गर्दै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?