कांग्रेसका वडा सभापति हातहतियार खरखजना कसुरमा पक्राउ

लोकपथ
221
Shares

सोलुखुम्बु । नेपाली कांग्रेस थुलुङ दूधकोशी गाउँपालिका-७ का वडा सभापति मिलनकुमार राई पक्राउ परेका छन् ।

काठमाडौं जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिए ।

हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा अनुसन्धानमा मुद्दा परेपछि राई पक्राउ परेका हुन् ।

हातहतियार खरखजना ऐन २०१९ तथा मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ६ अनुसार कसुरदारलाई ३ वर्षसम्म कैद तथा ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवथा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?