अफ्रिका कप अफ नेसन्सको फाइनलमा सेनेगल

लोकपथ
56
Shares

काठमाडौं । बुर्किना फासोलाई पराजित गर्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा सेनेगलले बुर्किनालाई ३-१ गोल अन्तरले हराएको हो । साडियो माने, इड्रीशा र अब्दोउ डियालोको गोलमा सेनेगलले सहज जितसँगै तेस्रो पटक फाइनल यात्रा तय गरेको हो ।

अब सेनेगलले इजिप्ट र आयोजक क्यामरुनबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?