आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
133
Shares

१. कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या धेरै, पछिल्लो २४ घण्टामा ७ हजार ५ सय ५५ जना संक्रमणमुक्त हुँदा ३ हजार ६ सय ३७ जना संक्रमित थपिए, १२ जनाको मृत्यु

२. एमसीसी परियोजनाबारे सत्तारुढ गठबन्धनभित्र छलफल जारी, प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा प्रचण्ड र माधब नेपालसँग एमसीसीमा सुधार गर्नुपर्ने बुँदा माग

३. निर्वाचन आयोगले सिफारिस गरेको मितिमै स्थानीय तहको निर्वाचन हुनुपर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ, सरकारले समयको आलटाल गरेको आरोप

४ सहरी विकासमन्त्री रामकुमारी झाँक्रीद्वारा धोविखोला कोरिडोर सडक अतिक्रमणको अनुगमन, दायाँबायाँको सडकपेटी छिट्टै अतिक्रमणमुक्त बनाउने प्रतिबद्धता

५. गठबन्धनको सरका नटुट्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दाबी, देश अब गठबन्धनको राजनीतिमा अघि बढ्ने जिकिर

६. स्थानीय तहको निर्वाचनसम्बन्धी कार्ययोजना पेस गर्न ४ वटै सुरक्षा निकायलाई केन्द्रीय सुरक्षा समितिको निर्देशन, चुनावका सन्दर्भमा सुरक्षा योजना बनाउनेबारे पनि प्रारम्भिक छलफल

७. वर्तमान गठबन्धन एजेण्डाविहिन रहेको नेकपा एमालेका महासचिव शंकर पोखरेलको आरोप, आगामी तीनै तहको निर्वाचनमा एमालेको जित हुने दाबी

८. पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको भनाइ, सरकारको कामलाई अझ सुधार गर्दै गति बढाउनका लागि निर्देशन दिइने ।

९. सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, मूल्यवृद्धिले जनताको जीवनयापनमा गम्भीर असर परेको भन्दै तत्काल फिर्ता लिन विभिन्न संगठनको माग

१०. सात दिनभित्र रोयल्टी तिर्न पाँच क्यासिनोलाई नागरिक उड्डयन मन्त्रालयको पत्राचार, तोकिएको समयभित्र भुक्तानी नगरे इजाजत रद्द गर्ने चेतावनी ।

११. पुस महिनामा बैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको संख्या घट्यो, सो अवधिमा ६६ हजार ६२५ जना श्रमिकले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको भनाइ ।

१२. त्रिविका स्थगित परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने, परीक्षा फारम छुटेका विद्यार्थीले सम्बन्धित क्याम्पसमा निर्धारित समयमै अतिरिक्त दस्तुर बुझाएर फारम भर्न पाउने ।

१३. अमेरिकामा रहेका नेपाली म’लका ध्रुव थापालाई १ अर्ब १९ करोड रुपैयाँको चिट्ठा, चिट्ठा बिक्री गर्ने एजेन्टले पनि पायो ५९ लाख ५० हजार रुपैयाँ बोनस ।

१४. सिकागो अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो पुम्से प्रतियोगितामा नेपालका तीन खेलाडीले जिते पदक, प्रेमकुमार दर्नालले स्वर्ण जित्दा सञ्जीव नेपाल र सन्दीपा अमगाईंले हात पारे रजत ।

१५. र आईसीसी टी–ट्वान्टी क्रिकेटको ब्याटिङ वरीयतामा नेपाली ब्याट्सम्यान कुशल भुर्तेलको वरीयता ५१औं स्थानमा यथावत, ज्ञानेन्द्र मल्ल ९४ औं र बलिङतर्फ सन्दीप लामिछाने ८४औं स्थानमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?