काठमाडौं । प्रेम गर्नुबाहेक प्रेमको कुनै अर्को उपचार हुँदैन’ भनेका छन् हेनरी डेभिड थोरोले ।
प्रेम एक प्रकारको औषधि पनि हो । प्रेमलाई जाति, लिंग, पेसा, भाषा, उमेर, सिमाना केहीले पनि छेक्न सक्दैन भ्यालेन्टाइन भन्नेबित्तिकै नवयुवा–युवती जोडीहरूलाई मात्र ध्यान दिने गरिन्छ ।
तर, वास्तविकता त्यो होइन । वृद्ध–वृद्धा दम्पतीहरू पनि ‘भ्यालेन्टाइन डे’ मनाउन अग्रसर भएका देखिन्छन् ।
त्यसो त ‘भ्यालेन्टाइन डे’ उत्सव युवायुवतीहरूमाझ बढी लोकप्रिय भएको छ । पछिल्लो वर्षहरुमा नेपालमा भ्यालेन्टाइन डेको महत्व बढ्दो रुपमा रहेको छ ।

भ्यालेन्टाइन डेमा गर्लफ्रेन्डसँग डेट तय गर्नुभएको छ भने सुन्दर देखिनु निकै जरुरी छ । केटीहरू यो विशेष दिनमा तयार हुन धेरै उत्साहित हुन्छन्।
तर केटाहरु पनि कम छैनन् । उनीहरुको पनि हेन्डसम लुकबाट पार्टनरलाई प्रभावित गर्ने प्लानमा हुन्छन् । यदि तपाईँ कपडाको बारेमा दुविधामा हुनुहुन्छ भने, यीमध्ये एकले तपाईँलाई तपाईँको लुकलाई अझ शानदार बनाउन मदत गर्नेछ।
ज्याकेट :

ज्याकेट लगाएर तपाईँ सुन्दर देखिन सक्नुहुन्छ। ज्याकेटले जाडो मौसममा तपाईँलाई न्यानो राख्नुका साथै कुल लुक दिनेछ। त्यसैले यस पटक ज्याकेटको साथ तपाईँको व्यक्तित्वमा आकर्षण थप्नुहोस्।
डेनिम शर्ट :
यदि तपाईँ भ्यालेन्टाइन डेमा आफ्नो पार्टनरलाई प्रभाव पार्न चाहनुहुन्छ भने तपाईँले लुक्समा पनि ध्यान दिनुपर्छ। यदि तपाईँ भ्यालेन्टाइन डेमा के लगाउने भनेर सोचिरहनु भएको छ भने, डेनिम शर्ट तपाईँको लागि उपयुक्त विकल्प हुनसक्छ । स्लिम फिट डेनिम शर्टले तपाईँको लुक्सलाई अझ सुन्दर बनाउनेछ। यो शर्ट कुनै पनि जिन्स पाइन्टसँग मिलाएर लगाउनुहोस्।
ब्लेजर :

यदि तपाईँलाई क्याजुअल लुक मन पर्छ भने तपाईँ ब्लेजर पनि प्रयोग गर्न सक्नुहुन्छ। तपाईँको पार्टनरले यो लुक्सलाई पक्कै मन पराउनेछिन् । ब्लेजरले तपाईँको लुकमा आकर्षण थप्नेछ। ध्यान राख्नुहोस् कि परफेक्ट ड्रेसिङ सेन्सको साथसाथै सही तरिकाको परफ्युम पनि महत्त्वपूर्ण छ। सधैँ लामो समय टिक्ने अत्तर प्रयोग गर्नुहोस्।
फर्मल शर्ट :

यदि तपाईँ तपाईँको प्रेमिकालाई एक साधारण लुक्सले प्रभावित गर्न चाहनुहुन्छ भने त्यसैले तपाईँ शर्ट पनि लगाउन सक्नुहुन्छ। शर्टसँग जुत्ताको म्याचिङलाई ध्यान पुर्याउनुहोस् । यसले तपाईँको लुक्सलाई आकर्षित देखाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया