काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ ।
देशभर ११ हजार ५ सय ८२ जनाको परीक्षण गर्दा २ हजार २ सय ५ जनामा पीसीआर र १ हजार ४ सय ३२ जनामा एन्टीजेन पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी रहेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ७ हजार ५ सय ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै देशभर थप १२ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
हाल नेपालमा ६९ हजार २ सय ९१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ८ लाख १५ हजार ७ सय ९६ डोज कोरोनाविरुद्धको खोप लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया