प्रधानमन्त्री देउवाको स्वकीय सहसचिवमा कँडेल नियुक्त

लोकपथ
1.8k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सचिवालय विस्तारलाई तिव्रता दिएका छन् । यसैक्रममा प्रधानमन्त्रीको स्वकीय सहसचिवमा चुडामणी कँडेल नियुक्त भएका छन् ।

प्रधानमन्त्री देउवाले निजी सचिवालयमा विशिष्ठ श्रेणीका रूपमा कँडेललाई सहसचिव सरह जिम्मेवारी दिएका हुन् ।

यसअघि पनि कँडेल कांग्रेसका विभिन्न नेताहरुको सचिवालयमा बसेर काम गरेको अनुभव रहेको छ । यसअघि कँडेल कांग्रेस नेता एवं पूर्वगृहमन्त्री स्वर्गीय खुमबहादुर खड्का, पूर्वगृहराज्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्र बानियाँ, पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतको सचिवालयमा समेत स्वकीय सचिवका रूपमा काम गरेका छन् ।

अंग्रेजी विषयमा स्नातकोत्तर गरेका उनमा व्यवस्थापकीय क्षमता राम्रो भएको बताइन्छ । उनी नेपाली कांग्रेस बाँकेका जिल्ला सदस्य समेत रहेका कँडेल पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत हुन् ।

यसअघि प्रधानमन्त्री देउवाको भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा किरण गजुरेल र सूचना, प्रविधि एवं सञ्चार विज्ञमा इन्जीनियर दिपेश विष्ट नियुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?