कहिलेसम्म टिक्छ सत्ता गठबन्धन ? यसो भन्छन् माधवकुमार नेपाल

लोकपथ
351
Shares
z’esfdgf ;Gb]z lbFb} g]skf -PsLs[t ;dfhjfbL_ sf cWoIf dfwjs’df/ g]kfn sf7df8f}F, @$ dªl;/ M g]kfnL sfFu|];sf] !$cf}F dxflwj]zg pb3f6g ;df/f]xnfO{ z’esfdgf ;Gb]z lbFb} g]skf -PsLs[t ;dfhjfbL_ sf cWoIf dfwjs’df/ g]kfn . t:jL/ M /Tg >]i7÷/f;;

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकार पूरा समय टिक्ने दाबी गरेका छन् ।

बुधबार नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन नटुट्ने दाबी गरेका हुन् । उनले गठबन्धन टुटाउने प्रयास भइरहेको भएपनि गठबन्धन सरकारलाई टुट्न नदिने र जेठमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन सरकार मिलेर प्रतिष्पर्धा गर्ने बताए । अध्यक्ष नेपालले आज (बुधबर) प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा गठबन्धनलाई बलियो बनाएर लैजाने प्रतिवद्धता भएको बताए ।

अध्यक्ष नेपालले भने, ‘हामी जनताका निम्ति राजनीति गरेका छौँ । समाजवादको यात्रामा अघि बढीरहेका छौँ । ५ दलीय गठबन्धन निर्माण गरेका छौँ । दिनदिनै पत्रिकामा अनेक समाचार सुनेर कतिपयको दिमाग खराब हुने गरेको छ । दिमाग खराब गर्ने काम नगराउनुस् । यो गठबन्धन टुट्नेवाला छैन । कसैले टुटाउन खोजेपनि गठबन्धन टुट्नेवाला छैन । अहिले भर्खरै मात्र पनि हामीले नेपाली काँग्रेसका सभापति, देशका प्रधानमन्त्री शेरबहादुर देउवाजी, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डजी र म आफैँ हामी तीनै जना बसेर अहिले भर्खरै छलफल ग¥यौं । पत्रपत्रिकामा आएको समाचारको बारेमा पनि सत्यतथ्य कुरा के हो भनेर पनि छलफल गरेका छौँ । तर मनगढन्ते कुराहरु धेरै आएका रहेछन् । यी सबै कुरामा कुनै पनि सत्यता छैन । यो गठबन्धनलाई बलियो बनाएर लानुपर्छ भनेर प्रतिवद्धता जनाएका छौँ । जनताको भावनालाई पनि सम्मान गर्ने र नेपालको हीतलाई केन्द्रबिन्दुमा राखेर सबैसँग राम्रो सम्बन्ध बढाउने, हामीले सोच, नीति अवलम्वन गर्दै आएका छौँ । यही सन्दर्भमा तपाईहरुलाई थाहा छ, हामीले एकपछि अर्को महत्वपूर्ण सफलता पनि हासिल गरिरहेका छौँ । संविधान जोगाएका छाँै । लोकतन्त्र बचाएका छौँ । संघीयताको रक्षा गरेका छौँ । र नेपालको राजनीतिलाई दक्षिणपन्थी दिशामा लैजान खोजिएको थियो । त्यसलाई गलत बाटोमा जानबाट रोकेका छौँ । जेठमा स्थानीय चुनाव हुन गइरहेको छ । त्यसमा पनि गठबन्धनका दलहरु मिलेर अघि बढ्नेछ । त्यसैले अहिले गठबन्धन तोड्न अनेक प्रयास गरिरहेका होलान्, तर उनीहरुको गलत मनशाय सफल हुनेछैन । देश अब गठबन्धनको राजनीतिमा अघि बढ्ने भएकोले त्यसपछिका दिनमा पनि गठबन्धनका विभिन्न स्वरुपहरु देख्नेछौँ ।’

अध्यक्ष नेपालले देश अब गठबन्धनको राजनीतिमा अघि बढ्ने भएकोले त्यसपछिका दिनमा पनि गठबन्धनका विभिन्न स्वरुपहरु देख्न पाइने बताए । उनले राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धन विजयी भएको र विजयको यात्रा आगामी वर्षको मंसिर महिनामा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म कायमै रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?