कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुन्छ : कांग्रेस महामन्त्री शर्मा

लोकपथ
42
Shares

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुने बताएका छन् ।

बुधबार सोही विषयमा कुरा गर्दै महामन्त्री शर्माले पार्टीको अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा गर्दै दिशानिर्देश गर्ने बताए । कार्यसम्पादन समितिको बैठकले सरकारको कामलाई अझ सुधार गर्दै गति बढाउनका लागि निर्देशन दिने उनले बताए ।

जनताको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा सरकारलाई ध्यानाकर्षण गराउने उनले उल्लेख गरे । कोभिड–१९ विरुद्धको खोप अभियानलाई महाअभियानकै रुपमा सञ्चालन गर्नका लागि पनि सरकारलाई घच्घचाउने उनको भनाई छ ।

त्यस्तै कार्यसम्पादन समितिको बैठकले पार्टीको सबै तहलाई व्यवस्थित बनाउने र पार्टीका विभागहरु बनाउने दिर्शातर्फ अघि बढ्ने पनि महामन्त्री शर्माले बताए ।

उनले भने– ‘कांग्रेसले निर्वाचनतर्फ जादैँ गर्दाखेरी दुईवटा कुरामा ध्यान दिनुपर्ने विषय छन्, केपी ओलीको ३ वर्षे सरकारको असफलता र त्यो सरकारले गरेका संविधान विपरितका गतिविधिहरु, जनविरोधी गतिविधिलाई प्रहार गरेर जाने विषय त हुन्छ । तर हामी उत्तिकै के सजग छौँ भने, हाम्रो पनि सरकारको एक वर्षको परफरमेन्सको बारेमा व्याख्या हुन्छ । हामी आफैपनि समिक्षा गरेर जान्छौँ । यसविचमा जे कमजोरी सरकारको भएका छन् त्यसलाई कसरी करेक्शन गर्न सकिन्छ, सरकारलाई कार्य सम्पादन समितिले के भन्छ भने सरकारले गति बढाउनुप¥यो भनेर भन्छ । पब्लिकलाई पनि के आग्रह गर्छौ भने यो सरकारसँग सबै कुरा अपेक्षा नगर्नुस् है । एउटा विशिष्ट परिस्थितिमा बन्यो । संविधानविपरित कदम चालिएको, लोकतान्त्रिक प्रक्रियालाई अवरुद्ध गरिएको, संसदलाई विघटित गरिएको विशिष्ट परिस्थितिमा । हामीलाई जनताले म्याण्डेड बाहिर बस्न भनेर दिदादिदै पनि नचाहादा, नचाहादै पनि सरकारको नेतृत्व गरेर जानुप¥यो । त्यसकारण यो सरकारलाई संविधान अनुसार चल्ने, संविधान र संसदको रक्षा गरेर जाने सवालमा, महामारीबाट जनताको जीवन रक्षा गर्नको लागि सरकार कति गम्भिर भएर जान्छ भन्ने सवाल र निर्वाचन सम्पन्न गराउने राष्ट्रिय दायित्व पुरा गर्ने सन्दर्भमा सरकारलाई हेरिदिनुस्, समिक्षा गरिदिनुस् भन्छौँ पनि । जुन विषयमा जनताको प्रत्येक्ष चासो हुन्छ सरकारको छविको कुरो गासिन्छ, यि विषयमा कार्य सम्पादन समितिको बैठकले पनि सरकारलाई सजग गराउने, सरकारलाई ध्यानाकर्षण गराउने, सरकारलाई सुझाव पनि दिने कार्य गर्छ । खोपलाई अझ विशेष अभियानका रुपमा, महाअभियानका रुपमा लिएर जाने कुराको सन्दर्भमा पनि सरकारलाई थप घच्घचाउँछ । आगामी निर्वाचनको तयारीमा जादैँ गर्दाखेरी पार्टीको सबै तहलाई व्यवस्थित बनाउने, पार्टीका विभागहरु बनाउने दिशातर्फ जाने, भातृ र शुभेच्छुक संस्थाहरुलाई व्यवस्थित गर्न तर्फ लाग्ने ।’

महामन्त्री शर्माले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार विशिष्ट परिस्थितिमा बनेको भन्दै जनताका सबै अपेक्षाहरु पुरा हुन नसक्ने पनि बताए । सरकार संविधान अनुसार चलाउने, संविधान र संसदको रक्षा गर्ने, महामारीबाट जनताको जीवन रक्षा गर्ने र निर्वाचन सम्पन्न गराउने सन्दर्भमा सरकारको मुख्य दायित्व रहेको भन्दै सोअनुसार भए नभएको जनताले समिक्षा गर्नुपर्ने बताए ।

त्यसैगरी केन्द्रीय कार्यसम्पादन समितिले भातृ तथा शुभेच्छुक संस्थाहरुको महाधिवेशनको सम्बन्धमा पनि टुंगोमा पुगिने उनले बताए । केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पार्टीको सबै तहमा कार्यसम्पादन समिति गठन हुनेपनि उनले जानकारी दिए ।

उनले भने– ‘केन्द्रीय कार्यसम्पादन समितिले केही निर्णय, केही सम्बोधन गर्नुपर्ने, केही व्यवस्थापन गर्नुपर्ने र केही नयाँखालका सांगठानिक परियोजनाको बारेमा दृष्टिकोण बनाएर जिम्मेवारीहरु बाँडफाँट गरेर जानुपर्ने अवस्था छ । एउटा, पार्टीको घरेलु जीवनको विषय जसभित्र पार्टीको कार्यसम्पादनको पूर्णताकै विषय आउला, अथवा नेपाल विद्यार्थी संघ, तरुण दल लगायतका भातृ र शुभेच्छुक संस्थाहरुको महाधिवेशनसँग सम्बन्धित विषयमा टुंगोमा पुग्ने । अहिले हामी दुईवटा महामन्त्री भातृ र शुभेच्छुक संस्थाहरुको सन्दर्भमा केही वर्क आउट पनि गरिरहेका छौँ । अर्को, कार्यसम्पादन समितिको बैठक बसिसकेपछि देशभरी नै कार्यसम्पादन समिति बनाउने क्रम सुरु हुन्छ । सबै तहमा कार्यसम्पादन समितिहरु गठन हुन्छन् ।’

कांग्रेसको यसअघि भर्चुअल रुपमा बसेको केन्द्रीय कार्य समिति बैठकले ३७ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?