ओलीले भने- ‘जेठ ४ गते नै निर्वाचन हुनुपर्छ’

लोकपथ
312
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले सरकारसँग सिफारिस गरेको मितिमा नै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका छन् । बुधबार बसको एमाले सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले २०७९ साल जेठ ४ गते नै स्थानीय तहको निर्वाचन हुनुपर्नेमा जोड दिए ।

संविधानको कार्यान्वयनका लागि यसअघि नै निर्वाचन हुनुपर्ने सरकारले समयको आलटाल गरेको आरोप लगाउँदै तोकिएको मितिमा निर्वाचन गर्नुपर्ने बाध्यता रहेको बताए ।

‘संविधानको सहि कार्यन्वयन उत्तर दायित्व निभाउने हो भने फागुनभित्र निर्वाचन गरिसक्नुपर्थ्यो, यस सम्बन्धमा हामीले पटक–पटक सरकारलाई पटक–पटक ध्यानकर्षण पनि गराएका हौ । तर सरकार संविधान कार्यन्वयन र लोकतान्त्रिक अभ्यास, संघीयताको कार्यन्वयन गर्नुभन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भयो ।’ ओलीले भने ।

त्यसैगरी ओलीले बैठकलाई सम्बोधन गर्दै २४ लाख डोज कोरोनाविरुद्धको खोप हराएकोबारे सत्यतथ्य छानबिन हुनुपर्ने मागसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?