काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटघाट भएको छ ।
बुधबार दिउँसो प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । देउवा र प्रचण्डबीच अमेरिकी सहयोग परियोजना (एमसीसी) र स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।
सरकारले आगामी जेठ ४ गतेका लागि स्थानीय तहको निर्वाचनको मिति तय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया