राष्ट्रिय एकता कायम गर्न मौलिक संस्कृतिको योगदान : प्रदेश प्रमुख

लोकपथ
35
Shares

कर्णाली । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले राष्ट्रिय एकता कायम गर्न मौलिक संस्कृतिको ठूलो योगदान भएको बताएका छन् ।

तामाङ समुदायले नयाँ वर्षका रुपमा मनाउँदै आएको पर्व ‘सोनाम ल्होसार, २०७८’ का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले विविधतापूर्ण संस्कृति हाम्रा सम्पदा र मौलिक पहिचान भएको बताए ।

उनले साँस्कृतिक महत्व र मौलिक पहिचान बोकेको ‘सोनाम ल्होसार, २०७८’ को पावन अवसरमा कर्णालीसहित देश, विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायका दाजुभाइ दिदीबहिनीहरुमा दीर्घजीवन र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

‘सोनाम ल्होसार, २०७८ ले मुलुकको राष्ट्रिय एकता सुदृढ, सांस्कृतिक पहिचान कायम राख्न र सामाजिक सद्भाव अभिवृद्धि गर्न सहयोग पुर्याउने विश्वास लिएको छु’, जारी सन्देशमा उनले भने छ, ‘नेपालीहरुबीच आपसी सद्भाव, माया, बन्धुत्व कायम हुन गई सामाजिक न्यायसहितको समाजवादी देश निर्माणमा लाग्न मुलुकवासी सम्पूर्णलाई यस पर्वले उत्प्रेरणा दिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?