काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरुसँग जनताको एजेण्डा रहेको भन्दै निर्वाचन जित्ने दाबी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले निर्वाचनमा जनता नै न्यायाधीश रहने बताउँदै सो कुरा उल्लेख गरेका हुन् ।
सोही क्रममा महासचिव पोखरेलले वर्तमान गठबन्धन एजेण्डाविहिन रहेको आरोप लगाउँदै आगामी निर्वाचनमा एजेण्डासहित जनताको बिचमा जानका लागि समेत नेता कार्यकर्ताहरुलाई आह्वान समेत गरेका छन् । त्यस्तै जनताको पक्षमा फसला सत्य र तथ्यमा आधारित रहेर हुने बताए ।
‘चुनावमा जनता जनार्दन नै न्यायाधिस हुन्छन् । एजेण्डा विहिन गठवन्धनले होइन, देश र जनताका पक्षको एजेण्डावाट नै चुनाव जित्ने हो । अव सिंगो पार्टी पंक्ति विगतमा हामीले गरेका राम्रा काम र गर्न चाहेको कामको फेरिस्त वोकेर जनताका बीचमा जाऔं । जनताको फैसला सत्य र न्यायको पक्षमा हुनेछ।’उनले भनेका छन् ।
त्यस्तै जनतादेशको सम्मान, राष्ट्रिय स्वाधिनता र स्वाविभान र विकास तथा समृद्धीको आशालाग्दो यात्रामा एमाले अघि बढिरहे पनि वर्तमान गठबन्धनले त्यसलाई रोकेको समेत आरोप लगाए । उनले भने, ‘जनादेशको सम्मान, राष्ट्रिय स्वाधिनता र स्वाभिमानको रक्षा र विकास र समृद्धिको आशालाग्दो यात्रामा अघि वढ्दा एमालेको वढ्दो शक्ति र लोकपृयतालाई रोक्न बनेको हो पाँच दलिय गठवन्धन ।’
त्यस्तै आगामी तीनै तहको निर्वाचनमा एमालेको जित हुने दाबी गर्दै अहिलेको जनादेश भत्किएर नयाँ जनादेश आउने उनको दाबी रहेको छ ।
उनले भने, ‘अब हुने तीनतहको चुनावसंगै पुरानो जनादेश खण्डित हुनेछ र त्यसको ठाउ नयाँ जनादेशले लिने छ ।’
मंगलबार सरकारसँग निर्वाचन आयोगको छलफलपछि आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले त्यसको आधिकारीक मिति तोक्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया