प्रधानमन्त्रीको भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा नुवाकोटका गजुरेल नियुक्त

लोकपथ
5k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा किरण गजुरेल नियुक्त भएका छन् ।

मंगलबार प्रधानमन्त्री देउवाले नुवाकोटका गजुरेललाई ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’ नियुक्त गरेका हुन्।

यसअघि प्रधानमन्त्री देउवाले गजुरेललाई नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्यका रुपमा मनोनित गरेका थिए । त्यसका साथै कांग्रेसको १३औँ र १४औँ महाधिवेशनमा सभापति देउवाको ‘सम्पर्क कार्यालय’मा विशेष भूमिका खेलेको देउवाको सचिवालयले जनाएको छ ।

गजुरेलले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । राजनीतिक भाषण, मन्तव्य र वक्तव्य लेखन तथा प्रशिक्षणमा विशेष दख्खल राख्ने गजुरेलका विभिन्न अनुसन्धानात्मक लेख रचना प्रकाशित छन् ।

यसअघि सोमबार नै प्रधानमन्त्री देउवाको सूचना, प्रविधि एवं सञ्चार विज्ञमा इन्जीनियर दिपेश विष्ट नियुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?