जेठमा स्थानीय तहको चुनाव हुने भएपछि एमालेले डाक्यो सचिवालय बैठक

लोकपथ
329
Shares

काठमाडौं । आगामी जेठमा स्थानीय तहको निर्वाचन हुने पक्कापक्की भएपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सचिवालयको बैठक डाकेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ जेठमा निर्वाचन हुने बताइसकेका बेला चुनावको रणनीति तथा पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न बोलाइएको बैठक दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्दैछ ।

एमाले सचिवालयमा पदाधिकारी (१९ जना) सदस्य रहने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?