मन्त्रालय फुटाउने निर्णयको चर्को विरोध

लोकपथ
0
Shares

नेकपा एमाले प्रदेश नम्बर १ ले मन्त्रालय फुटाउने प्रदेश १ सरकारको निर्णयको विरोध गरेको छ । एमाले प्रदेश १ का अध्यक्ष तुलसी प्रसाद न्यौपानेले विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले मन्त्रालय फुटाएर १२ वटा बनाउने भनि मन्त्रिपरिषद्बाट गरेको निर्णयको विरोध गरेका हुन् ।
‘मन्त्रालयलाई फुटाएर १२ वाटा मन्त्रालय खडा गर्ने सरकारको निर्णयको औचित्य पुष्टि गर्न नेकपा(एमाले) वर्तमान गठवन्धन सरकार र त्ययमा सम्लग्न दलहरुलाई संझाउन चाहन्छ ।’, विज्ञप्तिमा भनिएको छ । प्रदेशको आर्थिक अवस्थाले धान्नै नसक्ने गरि अनौचित्यपुर्ण तवरले गरिएको मन्त्रालयहरु थप गर्ने निर्णय तुरुन्त फिर्ता लिन एमालेले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?