१. आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयोगले सरकारसमक्ष प्रस्ताव पेस ग¥यो, देशैभर एकैपटक तीनै तहको निर्वाचन हुने, अब बस्ने मन्त्रिपरिषद बैठकले निर्वाचनको मितिलाई आधिकारिकता दिने ।
२. पछिल्लो २४ घण्टामा ८ हजार २ सय ६७ जनाले जिते कोरोना, ५ हजार ५ सय ८३ जना नयाँ संक्रमित थपिँदा ९ जनाको मृत्यु
३. भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, भ्रष्टाचार नियन्त्रणका लागि राष्ट्रिय सतर्कता केन्द्रले सरकारलाई दिएको सुझावको प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता ।
४. स्थानीय तहको निर्वाचनमा १२ अर्ब खर्च लाग्ने निर्वाचन आयोगको अनुमान, २०७४ सालपछि २० लाख मतदाता थपिएकाले मतदान सम्बन्धि खर्च वृद्धि हुने आयोगको भनाइ ।
५. आफ्नो घरमा जनगणना गर्न गणक नआएको भन्दै सांसद प्रमिला राईको आपत्ति, राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा तथ्यपरक नभएको भन्दै पुनः जनगणना गर्न माग ।
६. राष्ट्रिय युवा संघले दियो स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध अख्तियारमा उजुरी, २४ लाख डोज खोप हिनामिना प्रकरणमा मन्त्रीको समेत संलग्नता रहेको भन्दै छानबिन गर्न माग ।
७. नेविसंघको महाधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिने नेपाली कांग्रेसका महामन्त्री गगन थापाको भनाइ, महाधिवेशन सम्पन्न गराउने वातावरण बनाउने काममा लाग्न नेविसंघका नेता, कार्यकर्तालाई निर्देशन ।
८. महाकालीमा दुई देश जोड्ने पक्कि पुल निर्माणका लागि नेपाल र भारतबीच सम्झौता, नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटीलाई सुदृढ बनाउने विश्वास ।
९. संविधानको मर्म र भावना अनुसारनै स्थानीय तहको निर्वाचन गर्नुपर्ने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको भनाइ, सरकारले कुनै पनि हालतमा संविधान मिच्न नमिल्ने प्रतिक्रिया ।
१०. भोलि तामाङ समुदायहरुको सांस्कृतिक पर्व सोनाम ल्होसार मनाइदै, सोनाम ल्होसारको अवसरमा देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय ।
११. मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से परिसूचक १९ दशमलव २९ अंकले बढ्दा साढे ६ अर्बको कारोबार, हाइड्रोपावर समूहमा लगानीकर्ताको आकर्षण ।
१२. भारतमा सन् २०२२–०२३ को बजेट प्रस्तुत, ६० लाखलाई रोजगारी दिने र ८० लाखलाई घर बनाइदिने, अर्को वर्षबाट डिजिटल मुद्रा प्रचलनमा ल्याउने घोषणा ।
१३. रुसले युक्रेनका विषयमा अमेरिकी प्रतिबन्धको धम्कीको सामना गर्ने, तनाव उत्पन्न गर्ने मस्को नभई वाशिंगटन भएको भन्दै पछि नहट्ने चेतावनी ।
१४. मलेसियामा एक महिलाले मागेरै कमाउछिन् मासिक ६४ हजार रुपैयाँ, सडक पेटीमा बसी, मागेर गरेको आम्दानीलाई दैनिक रुपमा डायरीमा उल्लेख, तस्विर सामाजिक सञ्जालमा भाइरल ।
१५. र १५औ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अक्सनमा नेपालबाट सन्दीप लामिछाने मात्रै, अक्सनबाट लामिछानेलाई भित्र्याउन चाहने टिमले ६४ लाख रुपैयाँ तिर्नुपर्ने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया