मधेस सरकारले स्थायी संरचना निर्माण गर्ने

लोकपथ
351
Shares

काठमाडौं । मधेस सरकारले स्थायी संरचना निर्माण गर्ने भएको छ । यसका लागि अध्ययन तथा व्यवस्थापन समिति गठन गरेको छ ।

मंगलबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले मधेश सरकारको प्रशासनिक तथा आवासीय संरचना निर्माणका लागि भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको मधेश सरकारको प्रवक्ता शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।

सो समितिमा अर्थमन्त्री समेत रहेका प्रवक्ता साह, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयकुमार यादव र आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह सदस्य रहेको उनले बताए ।

गठित गरिएको यस समितिले भवनसहितका स्थायी भौतिक संरचना निर्माणका लागि जग्गा खोजी गर्नेदेखि प्राविधिकलगायतका बजेट र सोको स्रोत व्यवस्थापनसम्मका लागि कार्य गर्ने अर्थमन्त्री साहले बताए ।

उनले यस समितिले विभिन्न प्राविधिक र अर्थ विज्ञसहितका व्यक्तिहरूलाई राखेर विज्ञ समिति गठन समेत गरिने बताए ।

अध्ययन समितिले बुझाएको प्रतिवेदनको आधारमा मधेश सरकारले काम कारवाही अघि बढाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?