भट्टराई र रावलबीच ट्वीटे दोहोरी : नामको अघि लेखिएको ‘डा.’प्रति घोचपेच !

लोकपथ
1.5k
Shares

काठमाडौं । पछिल्ला केही दिनयता नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विषयमा चर्चा भइरहेको छ ।

एमसीसीमा बहसकै सन्दर्भमा सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) र पतिपक्षी दल एमालेका नेताबीच ट्वीटरमा नामको अगाडि लेखिएको डा. (डाक्टर)का विषयमा समेत चोचपेच चलेको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराइले पूर्वमन्त्री समेत रहेका एमाले नेता डा. भीम रावललाई नक्कली डा. पो हुन् कि भनेर आशंका व्यक्त गरे ।

सोमबार रावलले एमसीसीको विषयमा स्मृती पत्र जारी गर्दै गरेको पत्रकार सम्मेलनमा डा. भट्टराईले गोप्य रुपमा एमसीसीको बारेमा टोली गठन गरेको बताएका थिए ।

त्यसपछि डा. भट्टराईले रावललाई ट्वीटरमा मेन्सन गर्दै विद्यावारिधी गर्दा कुनै कुराको दाबी गरेको विषयमा स्रोत, मिति र स्थान खुलाउनुपर्ने भन्दै आफूमाथि लगाइएको आरोपको कारण खुलाउनुपर्दै भन्दै टिप्पणी गरे । सो क्रममा रावलले कुनै स्रोत नखुलाएको भन्दै पीएचडीवाला नक्कली डाक्टर पो हो कि भन्दै प्रश्न गरे ।

यता डा. रावलले पनि भट्टराइको कुरालाई ट्वीट गर्दै आफूले स्मृती पत्रमा २०६८ सालमा भट्टराई प्रधानमन्त्री भएका बेला एमसीसीका विषयमा पत्राचार टोली गठन गरिएको उल्लेख गरेको दाबी गरे । त्यस्तै डा. भट्टराईले आफूमाथि नक्कली पीएचडी गरेको हो कि भन्ने प्रश्नमा आफूले त्रिविबाट गरेको पीएचडी सक्कल भए पनि भारतबाट गर्ने गरेको पीएचडी नक्कली हुने गरेको भन्दै डा. भट्टराईप्रति व्यंग्य गरेका छन् ।

सत्तारुढ दलका नेता डा. भट्टराई एमसीसी पास गर्नु पर्ने पक्षमा रहेका छन् । तर डा. रावल भने एमसीसीले नेपालको हित नगर्ने भन्दै त्यसलाई नेपालमा पास गर्न नहुने भन्दै संसददेखि सडकसम्म आवाज उठाउँदै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?