महाकाली नदीमा पुल निर्माणका लागि नेपाल र भारतबीच सम्झौता (तस्बिरसहित)

लोकपथ
52
Shares

काठमाडौं । महाकाली नदीमा पुल निर्माणका लागि नेपाल र भारतबीच सम्झौता भएको छ ।

नेपालको दार्चुला र भारतको धार्चुलामा जोड्ने पुल निर्माणका लागि दुई देशबीच आज (मंगलबार्र) सम्झौता भएको हो ।

मंगलबार सिंहदरबारमा एक कार्यक्रमका बीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भौतिक मन्त्री रेणुकुमारी यादवको उपस्थितिमा उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

भारत सरकारको अनुदान सहयोगमा उक्त पुल निर्माण हुन लागेको हो ।

उक्त परियोजना निर्माणपश्चात नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटीलाई सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ । साथै दुवै तर्फको सीमा समुदायबीच रहेको जनता–जनताबीचको सम्पर्कलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?