कर्णाली प्रदेश सरकार र एमालेबीच ७ बुँदे सहमति (पत्रसहित)

लोकपथ
234
Shares

काठमाडौं । कर्णाली प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच ७ बुँदे सम्झौता भएको छ ।

आज (मंगलबार) सरकार र प्रतिपक्षी दल एमालेबीच संसदको गतिरोध हटाउनेसहित ७ सहमति भएको हो ।

आफ्ना मागहरु सम्बोधन नभएको भन्दै प्रदेश सभा बैठकमा अवरोध गर्र्दै आइरहेको एमालेले सहमतिसँगै संसद बैठक सञ्चालनमा अवरोध नगर्ने भएको छ ।

प्रदेश सरकारले सञ्चालन गरेका पुराना अलपत्र योजनाहरूलाई पूर्णता दिनुपर्ने, विगतमा प्रदेश सरकारले छानेर पूरा हुन नसकेका आयोजनामा बजेट व्यवस्थापन गर्नुपर्ने र बजेट संशोधन हुनुपर्ने माग लगायतका मागहरु एमालेले राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?