काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधानको मर्म र भावना अनुसारनै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन्।
निर्वाचन आयोगले वर्तमान संविधान र कानुनबमोजिम स्थानीय तहको निर्वाचनको मिति प्रस्ताव गरिसकेकाले सरकारले आवश्यक प्रक्रियामा पुर्याएर निर्वाचन को मिति तय गर्नुपर्ने बताएका छन् ।
आज आफ्नो निर्वाचन क्षेत्रमा भएका खोप कार्यक्रमको निरीक्षण गर्ने क्रममा नेता सिंहले भने, ‘स्थानीय तहको निर्वाचनका लागि आयोगले मिति प्रस्ताव गरिसकेको छ । त्यसआधारमा सरकारले स्थानीय तहको मिति निर्धारण गरेको राम्रो हो ।’
नेता सिंहले वर्तमान सत्ता गठबन्धन र सरकार नै संविधान र लोकतन्त्रको रक्षा गर्ने सन्दर्भमा निर्माण भएकाले यो सरकारले संविधान मिच्न नमिल्ने बताए ।
‘यो सरकार नै विशेष अवस्थामा गठन भएको हो । तत्कालीन कम्युनिष्ट सरकारले म्याण्डेड बमोजिम कार्य गर्न नसकेको र संविधानलाई भंग गर्ने प्रयास गरेकाले त्यो संविधानको रक्षा गर्न यो गठबन्धन सरकार बनेको हो ।
‘त्यसैले यो सरकारले संविधानको मर्म र भावनाबमोजिम काम गर्नुपर्ने हुन्छ । कानुन संशोधन गर्नेभन्दा पनि अहिलेको संविधान र ऐनमा जे व्यवस्था छ, त्यहीअनुसार सरकारले काम गरेको राम्रो हुन्छ ।’
फरक प्रसंगमा बोल्दै एकीकृत बागमती आयोजनाले बागमती नदी किनारमा स्थानीयहरुको प्रयासमा बनेका पार्क बगैँचाहरु एकतर्फी रुपमा भत्काउन नहुने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया