बिलबिनाको १३ केजी चाँदीसहित एक जना पक्राउ

लोकपथ
117
Shares

काठमाडौं । काठमाडौंबाट बिलबिनाको १३ केजी चाँदीसहित एक जना पक्राउ परेका छन् ।

दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट बिलबिनाको करिब १३ केजी चाँदीजस्तो देखिने सामानसहित बारा सिम्रौनगढ नगरपालिका-८ कचरुवा घर भएका ३८ वर्षीय रामा शंकर साहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बाराको कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ७२०८ नम्बरको टाटा सुमो गाडीमा प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार साहलाई उक्त सामानसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?