बर्दिया । बर्दियामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ठाकुरबाबा नगरपालिका-६ बस्ने ४१ वर्षीय मनिराम थारुलाई आइताबार प्रहरीले पक्राउ गरेको हो ।
थारुले ती बालिकालाई गत वैशाख २७ गते घरमा एक्लै भएको अवस्थामा डरत्रास देखाई जबरजस्ती करणी गरेका थिए ।
बालिकाले बच्चालाई जन्म दिएपछि घटना प्रहरीसमक्ष आएको हो । माघ १६ गते आइतबार घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले थारुलाई पक्राउ गरेको हो ।
थारुउपर जबरजस्ती करणीसम्बन्धी कसुरमा जिल्ला अदालत बर्दियाबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) इस्वर कार्कीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया