नयाँ पार्टी खोल्दै वामदेव गौतम, कस्तो हुनेछ नाम र सिद्धान्त ?

लोकपथ
3.1k
Shares

काठमाडौं । वामदेव गौतमले नयाँ पार्टी खोल्ने भएका छन् ।

राष्ट्रियसभा सदस्य समेत रहेका नेता गौतमले आफू नयाँ पार्टी खोल्ने तयारीमा रहेको लोकपथलाई जानकारी गराए ।

आफू एमालेबाट राजीनामा दिएपछि नै नयाँ भिजनसहितको नयाँ पार्टी खोल्ने तयारीमा रहेको उनले बताए ।

लामो समयसम्म कम्युनिष्ट पार्टीमा रहेर काम गरे पनि अब बन्ने उनको पार्टी भने प्रजातान्त्रिक नामबाट हुने उनको भनाइ रहेको छ ।

लामो समयसम्म कम्युनिष्ट पार्टीमा रहेर काम गर्नुभयो अब बन्ने पार्टीमा कम्युनिष्टको नाम र आचरण हुन्छ या फरक ? भन्ने लोकपथको प्रश्नमा उनले भने, ‘अब बन्ने पार्टीको नाम प्रजातान्त्रिक धारबाट हुनेछ । तर काम र मार्गदर्शन सिद्धान्त भने सबै कम्युनिष्ट पार्टीसँग सम्बन्धित हुनेछ । तर नयाँ तरिकाको धारणासहित हामी अघि बढ्नेछौँ ।’

अब बन्ने पार्टीमा पुराना भन्दा बढी नयाँको संख्या बढी हुने उनको भनाइ रहेको छ ।

‘अब बन्ने पार्टीमा पुराना भन्दा नयाँ अनुहारहरु धेरै हुनेछन् । र पुराना केही साथीहरु पनि जोडिनुहुनेछ । अब छिट्टै पार्टी दर्ताको काम अघि बढाउनेछौँ ।’ उनले लोकपथसँग भने ।

०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि तत्कालिन नेपाल कम्युनिष्ट पार्टीको एकता भङ्ग भएपछि लामो समयसम्म एकता अभियान चलाएका गौतम गत भदौ १८ गते एमालेको उपाध्यक्षबाट राजीनामा दिएका थिए ।

उनले राजीनामा दिएसँगै एमालेबाट छुट्टिएका माधवकुमार नेपालको खोलेको नयाँ दल एकीकृत समाजवादीमा जाने हल्ला चलेको थियो । यद्यपि उनी स्वतन्त्र रुपमा नै बसेका थिए ।

२०७४ सालमा बर्दियाबाट प्रतिनिधि सभामा पराजित गौतमलाई केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभामा मनोनित गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?